वैदेशिक राजगार विभागकै मिलेमतोमा मानव तस्करी !

२४ सै घण्टा नया नया गीत सुन्नुहोस् र DOWNLOAD गर्नुहोस्

१८ पुस, काठमाडौं । वैदेशिक रोजगार विभागकै केही कर्मचारी र केही म्यानपावर व्यवसायीले खाडी मुलुकमा घरेलु कामदार पाठउने नाममा ‘मानव तस्करी’ गर्दै आएको खुलेको छ । अवैधानिक ढंगमा घरेलु कामदार बनेर खाडी मुलुक जानेलाई निरुत्साहन गर्नुको उल्टो विभागकै कर्मचारी आर्थिक प्रलोभनमा परी मानव तस्करलाई प्रश्रय दिइरहेका छन् । श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागको संरक्षणमा विभाग मातहतको ताहाचलस्थित काठमाडौं कार्यालयले गैरकानुनी रुपमा श्रम स्वीकृत दिएर मानव तस्करीलाई प्रश्रय दिएको हो । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ । सरकारले कुवेत, ओमान, बहराइन, साउदी, कतारलगायत मुलुकमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएको छ । तर विभागले कुवेत नगएकी दोलखा मागापौवा गाविसकी कुमारी तामा्रलाई पुस ७ गते ३१४६६५७ नम्बरको श्रम स्वीकृति दिएको छ । सुनिता मात्रै होइन, उनीजस्ता सयौंलाई वैदेशिक रोजगार विभागले गलत विवरणमा श्रम स्वीकृत दिएको पाइएको छ ।
Share this video :

Post a Comment