साफ महिला फुटबलको सेमिफाइनलमा भारतबिरुद्ध नेपाल एक शून्यले पछाडि

२४ सै घण्टा नया नया गीत सुन्नुहोस् र DOWNLOAD गर्नुहोस्

चौथो साफ महिला च्याम्पियनसीपको पहिलो सेमिफाइनलमा चीर प्रतिद्धन्दी भारतबिरुद्ध प्रतिस्पर्धा गरिरहेको नेपाल पहिलो हाफमा एक गोलले पछाडि परेको छ । सुरुवातदेखि नै संहालिएर खेलिरहेको नेपालले पहिलो हाफको अन्तिममा गोल खान पुग्यो । ४४औं मिनेटमा भारतकी कमलादेवीको प्रहार गोल भएको थियो । भारतीय टोलीले नेपाललाई सुरुवातदेखि नै केहि दवावमा राखेको थियो । उसका चार प्रहार नेपालको रक्षापंक्तिले विफल पारेको थियो । यस्तै नेपालतर्फ सावित्रा भण्डारीको दुई प्रहार विफल बनेको थियो । खेलको दोस्रो हाफ केहिबेरमा सुरु हुनेछ ।
Share this video :

Post a Comment