संशोधन प्रस्ताव फिर्ता नलिए प्रचण्ड सरकार ढल्छः बिजुक्छे

२४ सै घण्टा नया नया गीत सुन्नुहोस् र DOWNLOAD गर्नुहोस्

प्रतिपक्षी नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता नलिए सरकार सरकार ढल्ने चेतावनी दिएका छन् । Narayanman-Bijukchheसंविधान संशोधन प्रस्ताव फिर्ता नलिएमा माओवादी नेतृत्वको सरकार ढाल्न कााग्रेस आफैं अग्रसर हुने दावी अध्यक्ष बिजुक्छेको छ । भक्तपुरमा स्थानीय सञ्चारकर्मीसाग कुरा गर्दै अध्यक्ष बिजुक्छेले संविधान संशोधन प्रस्ताव फिर्ता लिएर निर्वाचनको मिति घोषणा नगरे माओवादीले सरकारको नेतृत्व गुमाउने अवस्था आएको प्रतिक्रिया दिए । उनले भारतको इशारामा ल्याइएको संविधान संशोधन प्रस्ताव राष्ट्र र जनताको हितका लागि पनि फिर्ता गर्नैपर्ने भनाई राखे । अध्यक्ष बिजुक्छेले मधेशी मोर्चा विना नै निर्वाचनमा जान सकिने धारणा राखे । मधेशी मोर्चा निर्वाचनको पक्षमा नभएपनि सरकारले चरणबद्ध रुपमा निर्वाचन गराउन सक्ने उनको तर्क थियो । अध्यक्ष बिजुक्छेले अंगिकृत नागरिकलाई जन्मसिद्ध नागरिक सरह अधिकार दिने प्रावधान आफ्नो पार्टीलाई मान्य नहुने अडान पनि दोहोर्‍याए ।
Share this video :

Post a Comment