२४ सै घण्टा नया नया गीत सुन्नुहोस् र DOWNLOAD गर्नुहोस्
स्थानीय लक्ष्मी नेपालीलाई ‘बोक्सी’ आरोपमा कुटपिट गरी हत्या छिमेकीले गरेको आरोप घटनाका प्रत्यक्षदर्शी मृतक परियारका १० बर्षिय छोरा सुमन परियारको छ । मृतकका १० वर्षीय छोरा सुमनको भनाईलाई आधार मान्ने हो भने यो घटनामा प्रहरीको समेत हात रहेको छ ।
घटनाबारेमा जानकारी दिँदै सुमनले भने, “मेरी मम्मीको मृत्यु हुनुमा प्रहरीको हात छ ।” प्रहरीले घटनामा अमानवीय व्यवहार प्रर्दशन गरिएको विषयलाई सामान्य भन्दै मिलापत्र गरेर पठाएको भन्दै सुमनले भने, “प्रहरीले मिलापत्र नगरी कारवाही अगाडी बढाएको भए मम्मिको मृत्यु हुने थिएन् ।”
नेपालीले शिक्षक हीरा लामा र उनकी आमा काइलीमाया तामाङले आफ्नी आमालाई ‘बोक्सी’ को आरोप लगाउँदै स्कुलको पोलमा बाँधेर मलमूत्र खुवाउँदैं कुटपिट गरेकै कारण आमाको मृत्यु भएको बयान दिएका छन ।
एक दश बर्षिय बालकले घटनामा प्रहरीले पक्षधरता देखाएका कारण पनि आफ्नी आमाको ज्यान गएको भन्न सम्म भ्याएका छन् । तर जिल्ला प्रहरी कार्यलय काभ्रेमा निज नेपालीको हत्या उनकै श्रीमान मिलन परियारले पिटेर भएको मौखिक जाहेरी पुगेको छ भने । नेपाल प्रहरीको संञ्चारसेटमार्फत स्थानीय प्रहरी इन्चार्ज प्रेम पुकार चौधरीले गरेको प्रारम्भिक रिर्पोटिङमा महिला स्वंयमले आत्महत्या गरेको जानकारी गराएको सम्म सार्वजनिक भएको छ ।
अनौठो त यो छ की काभ्रेका प्रहरी प्रमुख सहदेव थापाले यो घटनामा ‘बोक्सी’ आरोप लगाइएको, मलमूत्र खुवाइएको र कुटपिट भएको विषय अहिलेसम्म स्थानीय प्रहरी प्रमुखले जानकारीसम्म नगराएको बताईसकेका छन् ।
घटनाको बेलिबिस्तार यस्तो थियोः
स्थानीय छिमेकीका अनुसार काभ्रे, सानोबाङथली ७ की लक्ष्मीले परियारले स्थानीय शिक्षक हीराकी आमा काइँलीमाया तामाङसँग भनाभना गरेकी थिईन । भनाभनकै क्रममा नेपालीले तामाङको चरित्रमाथी प्रश्न उठाउँदैं परपुरुषसँग सल्केको आरोप लगाईन । मादक पदार्थ सेवन गरेकी नेपालीले अस्वभाविक व्यवहार देखाएपछि केहीबेर भनाभन गरेपनि काईलीमाया तामाङ रिसाउँदै घर लागिन् । घरमा पुगेर घटनाबारे आफ्नो छोरा हीरालाई यो कुरा सुनाइन् । टिभि अन्नपुर्णमा समाचार छ । रिसको झोकमा हीराले भोलिपल्ट केही महिला जम्मा पारेर आफु स्थानीय शिक्षक भएको र लक्ष्मी नियमित मादक पदार्थ सेवन गरि होहल्ला गर्ने भएकाले स्थानीय महिलापनि उनीमाथी नै खनिएपछि परियारलाई कुटपिट गरे जसले घटना थप लम्बियो ।
कुटपिटको रिसले चुर बनेकी लक्ष्मीले साँझ रक्सी सेवन गरी खुकुरी बोकेर घरबाट निस्किइन् । उनले हीरालाई तथानाम गालीगलौच गरेको छिमेकीको भनाइ छ । रिसमा फनफनी खुकुरी नचाउँदै हिँड्दा हीराकै छिमेकीको भैंसी घाइते भयो । पहिलेदेखिकै रिसिबी रहेका भैंसीपालक छिमेकी लक्ष्मिमाथीको उजुरी लिएर साँढे ३ घण्टा पैदल हिडेर प्रहरीकोमा पुगे । २१ गते परेको उजुरीका आधारमा प्रहरी २३ गते घटनास्थल पुग्यो । भैंसीलाई काटेको उजुरीमा प्रहरीले लक्ष्मीसँग सोधपुछ गर्यो । लक्ष्मीले आरोप सकारिन् । उनले ती भैंसीपालकसँग पहिले भएको झगडाको तिर्न बाँकी ५ हजार सहित भैसिलाई चोट लागेकोे १ हजार रुपैयाँ हर्जानासहित ६ हजार रुपैयाँ तिर्नेपर्ने प्रहरीले उर्दि लगायो ।
लक्ष्मीले सकारिन र प्रहरी स्थानीय नेता र ठालुको भेटघाट सकेर कार्यलय फर्कियो । घटनाको पर्सीपल्ट पुगेको प्रहरीले मृतकका छोराले दिएको बयानअनुसार लक्ष्मीलाई बोक्सीको आरोप लगाएर मलमूत्र खुवाइएको कुरा पनि उठेको छैन । गाउँघरको सामान्य झैझगडामा जस्तै प्रहरीले मिलापत्र गराएर फर्किएको देखिन्छ । सोमबार मृतकको छोराको बयानपटि मंगलबार टिभी अन्नपूर्ण टिम घटनास्थलमा पुग्दा लक्ष्मीको घरमा पुग्दा ताला लगाइएको थियो । शिक्षक भएर किन यस्तो गरेको भने । त्यसमा आमाले मुखमा खुवाउन र अनुहारभरि दलेको देखे ।
फेरि हिरासरले लक्ष्मीलाई छातीमा हिर्काउने, थिच्ने र कपालमा कुल्चीने गरेको देखेर मैले सहनै सकेन । रिसले खप्न सकेन मैले भने महिला माथि किन यसरी हात हालेको भन्दा हिराले मलाई तिमीले देखेको छ के छ तिमीसँग प्रमाण भनेर कुटला झै गरे । मैले दोहोराएर फेरि भने तपाई जस्तो विद्यालयमा पढाउने शिक्षक अनि लेखापालजस्तो मान्छे भएर हातपात गर्ने र दिसा खुवाउने फेरि मैले भने तपाईको आमाले छातीको पिटेको भए हुन्थ्यो तर तपाईले डोरीले बाँधे र पिट्ने भन्दै मैले छुटाए । छेडुपले पनि लक्ष्मीलाई बाध्ने दाम्लो दिएको स्विकारे ।
“साईलीमाया तामाङले मलाई तथानाम आरोप लगाई यसलाई अब छोड्ने होईन बाध्ने दाम्लो लेऊ भनेपछि मैले दाम्लो दिएको हुँ,।” छेडुपले सुनाए । अर्की प्रत्यक्षदर्शी लक्ष्मीकी भाउजु शान्ता परियारले भने हिरा र उनकी आमा काइलीमायाले लक्ष्मीलाई त्यहीँ चउरको भलिबल पोलमा बाँधेर चाउचाउको खोलमा दिशा ल्याएको र मुखभरि दलिदिएको बताइन् । ‘तँ बोक्सीलाई यस्तै गर्नुपर्छ भनेर मुखभरि दिसा दलिदिएपछि म र एक जना अर्को गएर छुट्टयाउन थाल्यौ तर छुट्टाउन सकेनौ अमाजु (मृतक लक्ष्मी) ले ढुंगाले हान्दै भाग्नुभयो हिरा पछि पछि लठ्ठीले लखेट्दै गएको हो अरु मैले देखिन, उनले भनिन ।
काइलीमायाकै छिमेकी लालकुमारी तामाङले पनि त्यस साँझ काइलीमाया ‘लक्ष्मीलाई मलमूत्र खुवाएँ’ भन्दै घर आएको बताइन् । ‘मलाई के के आरोप लगाउनेले भोली तिमीहरूलाई पनि यस्तै गर्नसक्छ । मैले त त्यसलाई दिसा खुवाइदिएँ भनेर मलाई आफ्नो हात देखाई,’ लालकुमारीले भनिन्, ‘उसको हातमा चाउचाउको खोल थियो ।’ काइलीमाया र छेडुपले लक्ष्मीलाई बिपक्षी गराएर पेश गरेको उजुरीका आधारमा घटनास्थल पुगेको प्रहरीले घटनाबारेको जानकारी त पायो तर आएर मेलमिलाप गर्नुपर्छ भन्यो ।
लक्ष्मी पक्षले आफूहरूमाथि कुटपिट भएको र बोक्सी आरोपमा मलमूत्र खुवाइएको छ, कसरी मेलमिलाप गर्ने भन्दा प्रहरीले त्यसका तपाईहरु जिल्ला जानुपर्छ भनेर प्रहरीले ठर्रो जवाफ फर्कायो ।
घरमा गाईबस्तु भएका हामीलाई अहिले हामीसँग तपाईहरु जिल्ला जानुपर्छ भनेर प्रहरीले हप्किधप्कि गरेपछि हामीहरु चुप लागेर बस्यौं मृतककी सासू बिष्णुमाया परियारले बताईन । प्रहरीले अहिलेनै सबैलाई लिएर जान्छु भनेर हप्किदप्की गरेपछि हामी उनीहरुले लेखेको पत्रमा सहि गर्न बाध्य भयौं ।
प्रहरीका अनुसार त्यो रात लक्ष्मीका श्रीमान घर पुगेका थिए । लक्ष्मीले २० गते आफूमाथि कुटपिट गरिएको कुरा काठमाडौंमा बस्दै आएका श्रीमानलाई सुनाएपछि उनी २१ गते नै काभ्रे हिँडेका थिए । तर, सिधै घर नगई केही दिन ससुराली बसेको उनले प्रहरीलाई बयान दिएका छन् । ‘२४ गते प्रहरी मृतकको घर पुग्दा आलो रगत देखियो,’ प्रहरी प्रमुख सहदेव थापाले भने ।
‘मृतकका श्रीमानलाई सोध्दा उनले राति लठ्ठीले श्रीमतीलाई पिटेको बयान दिएका छन्।’ लक्ष्मीका श्रीमान् मिलन काठमाडौं बस्छन् । २० गते उनले साला लोकबहादुर परियारको लोकन्थलीमा रहेको डेरामा गएर श्रीमतीले गाउँमा झगडा गरेको बताएका थिए । ‘त्यो दिन भिनाजु मेरो कोठामा आएर दिदीले गाउँमा झगडा गरेको कुरा सुनाउनुभयो’, लोकबहादुरले भने, ‘राति मैले दिदीलाई फोन गर्दा घरमा खानेकुरा केही नभएको बरु भिनाजुलाई खानेकुरा पठाइदिन भन्नुभयो । तर दिउँसो भएको घटनाबारे भन्नुभएन ।’ मिलन अर्को दिन घर आएको उनकी आमाले बताइन् ।
२२ गते प्रहरी आउँछ कि भनेर उनी त्यहीँ कुरेर बसेको तर प्रहरी नआएपछि २३ गते उनी काठमाडौं जान भनेर हिँडे । तर उनी काठमाडौं आउनुको साटो मिल्थुबगरमा रहेको ससुरालीमा पुगे । जेठानी दिदी (जेठानकी श्रीमती) सँग तामाङले श्रीमतीलाई कुटेको र उनलाई केही भए आफू जिम्मेवार नहुने कुरा गरेको शान्ता परियारले बताइन् । २३ गते साँझ मिलन गोदामचौर आए । ‘उसले मसँग रक्सी मागेर खायो,’ छेडुपले भने, ‘मेरी स्वास्नी साह्रै बेठीक भयो भनेर राति साढे नौ बजेतिर दाइ यहाँबाट जानुभयो ।’ मिलनकी आमाले छोरो राति नौ बजे आएर आफ्नै घरमा सुतेको बताइन् । ‘बुहारीले रक्सी खाएकी छ भनेर उ यहीँ सुत्यो, बिहान छ बजेतिर ऊ घर गयो र सात बजेतिर सानो छोरा बोकेर आयो’, बिष्णुमायाले भनिन्, ‘बुहारी माइत जान भनेर हिँडी भन्थ्यो ।’ लक्ष्मीले आफूलाई सबैले गाली गरेको र माइती गएर दाइसँग पैसा ल्याएर सबैको पैसा तिरिदिन्छु भनेको पनि मिलनले सुनाएको उनले बताइन् ।
घरबाट निस्केको बुहारी कहाँ गई भनेर उनले माइलो नाती सुमनलाई हेर्न पठाएको बताइन् । सुमन हेर्न जाँदा लक्ष्मी करिब पाँच सय मिटर पर रहेको रामप्रसाद उप्रेतीको गोठमा मृत भेटिइन् । ‘ममीका आधा शरीर भित्र आधा शरीर बाहिर भएर ढोकामा थियो, ।’ सुमनले भने ‘त्यसपछि म बेस्सरी कराएँ ।’
यता चौबास प्रहरी चौकीको सेटमा त्यही दिन जिल्लाबाट गोदामचौरमा महिलाले झुण्डिएर आत्महत्या गरेको भन्ने खबर रिले भयो । ‘हामी त अर्कै महिलाले आत्महत्या गरेको होला भनेर गएका थियौं’, प्रहरी जवान प्रमोद यादवले भने, ‘अनुहार र घाँटीमा निलडाम र टाउँकोमा चोट लागेको अवस्थामा अघिल्लो दिन मिलापत्र गरेकी महिलोको शव त्यहाँ थियो।’ प्रहरीले घटनाका बारेमा सोध्दा मिलनले आफूले उनलाई पिटेको बताए । त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लियो ।
महिलाको शवको पोष्टर्माटम, अनुसन्धानको लागी १५ जना हिरासतमाः
कात्तिके देउरालीबाट प्रहरी निरीक्षक आएर मुचुल्का तयार पारेपछि लक्ष्मीको शव पोष्टमार्टमका लागि काठमाडौं लगियो । त्यसपछि प्रहरीले हिरा लामा, उनकी आमा काइलीमाया लामा, छेडुप तामाङलाई पक्राउ गर्यो ।
अहिले लक्ष्मीको शव पाष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ भने प्रहरीले साक्षी बसेको १५ जनालाई समेत अनुसन्धानका लागि हिरासतमा लिएको छ । चौबास प्रहरीका इन्चार्ज प्रेमपुकार चौधरीलाई पनि जिल्ला डाकिएको काभ्रेका एसपी सहकुल थापाले बताए ।
Share this video :
This is the site where you kind find All Kinds Of Popular Nepali Music Viddeo also We Publish All Popular News Published In All Over The World.
All Nepali Song Likely Lok, Aadhunik,pop, teej, dashin tihar song sings by nepali popular singer like Arun Thapa,Anju Panta
,Anil Singh, Amrit Gurung, Bhakta Raj Acharya, Bacchu Kailash, Babu Bogati,Bishnu Majhi, Bipul Chettri,Danny Denzongpa,Deep Shrestha,Devika Bandana,
Dharmaraj Thapa, Dhiraj Rai, Gopal Yonzon,Gyanu Rana,Hira Devi Waiba,Jhalak Man Gandarbha,Indira Joshi,Khem Raj Gurung,Karna Das
Kunti Moktan,Kamal Khatri ,Kuber Rai,Mausami Gurung,Manila Sotang,Mingma Sherpa,Milan Amatya,Narayan Gopal,Nima Rumba,Nirnaya Shrestha
Nabin K Bhattarai,Nalina Chitrakar,Nati Kaji,Om Bikram Bista,Phatteman Rajbhandari,Prem Dhoj Pradhan,Prakash Gurung,Prakash Shrestha
Phurba Sherpa,Prashant Tamang,Pradip Neupane,Raju Lama,Ram Krishna Dhakal,Rajesh Payal Rai,Sashi Rawal,Sugam Pokhare,Sabin Rai
Shambhu Rai,Seturam Shrestha,Sushma Shrestha,Sunita Dulal,Shiva Shankar,Sukmit Gurung,Tara Devi,Tilak Bam Malla,Udit Narayan,Zascha Moktan. These are the popular singer
of nepal. Listen Nepali Music and Downlad .Download Nepali MP3 Songs. The MP3s tunes accessible here are given by the craftsmen, music organizations and the proprietors of the melodies.
This is The large collection of Nepali Music listen and enjoy. Also We Have Online Radi Where you Can Listen Nepali Music Day and Night.This site are Specially Target To the People who
are going to the foreign Country to earn money or to get the higher education or for job purpose (pardesi). All Nepali Pardesi love the nepali Music, Nepali Lok Bhaka, Nepali Song,.
Nepali Music Is the Coplete site for all entertaintment purpose. all Nepali Short and News also taken.
Post a Comment