२४ सै घण्टा नया नया गीत सुन्नुहोस् र DOWNLOAD गर्नुहोस्

१३ पुस, बाजुरा । त्रिशक्ति उमावि बाह्रबिसमा कक्षा १० मा अध्ययनरत माया रावल महिनावारी हुन थालेको तीन वर्ष भयो । उनी महिनामा चार-पाँच दिन स्कुल जान्नन् । कतिपय गाउँमा त महिनावारी भएको बेला ६ दिनसम्म पनि छाउगोठमा बस्नुपर्ने बाध्यता हुन्छ । मुस्किलले स्कुल पुग्यो त्यहाँ छात्राहरूका लागि छुट्टै शौचालय हुँदैन ।
माया भन्छिन्, ‘यस्तो बेलामा निकै समस्या हुन्छ । तीन-चार दिनसम्म स्कुल जानै मन लाग्दैन । केटा र केटीको एउटै शौचालय छ । ढोकामा चुकुल पनि छैन । कहिले धारामा पानी पनि हुँदैन । केटाहरूले कस्तो जिस्क्याउँछन् कसरी जानु ?’
नीरा बडलाई पनि त्यस्तै समस्या छ । कक्षा दशमै पढ्ने सरिता बानियाँ पनि महिनावारी हुँदा विद्यालय जान्नन् । त्रिशक्ति उमाविमा अध्ययनरत करिब तीन सय ५७ छात्रामध्ये एक सयभन्दा बढी छात्रा महिनावारी हुने उमेर समूहका छन् । उनीहरूमध्ये सबैजसो छात्रा महिनावारी हुँदा विद्यालय जाँदैनन् ।
जिल्लाका उत्तरी क्षेत्र कोल्टीमा रहेको जनप्रकाश उमाविको अवस्था पनि उस्तै छ । छात्रामैत्री शौचालय छैन । पानीको अभावले विद्यालयको शौचालय प्रयोगविहीन छ । महिनावारी भएको बेला छात्रालाई अप्ठ्यारो हुने भएकाले उपस्थित नहुने विद्यालयकी शिक्षिका सगुन्तला भुर्तेलले बताइन् । कक्षा १० मा अध्यनरत सन्तोषी रोकायाले भनिन्, ‘छाउ भयाका बेला ५ दिनसम्म विद्यालय आउन सक्दैनौँ । त्यसबेला खुन धेरै बग्दो छ, समस्या हुने र व्यवस्थापन गर्ने कुनै उपाय नभएका कारण बाध्य भएर घर बस्छौँ ।’
महिनावारी भएको बेला मात्र नभई अन्य बेला पनि शौचालय सहज प्रयोग गर्न समस्या पर्नाले छात्रालाई दिसापिसाब गर्न निकै समस्या हुने गरेको छ । छात्रा कल्पना विक भन्छिन्, ‘जनप्रकाश उमाविमा अध्ययनरत सबै विद्यार्थी जैतुनबारीमा गएर खुला ठाउँमा शौच गर्ने गर्छन्, प्याड व्यवस्थापन त टाढाको कुरा ।’
विद्यालयकी शिक्षिका सगुन्तला भुर्तेललाई जिल्ला शिक्षा कार्यालय बाजुराले तीनदिने तालिम दिएको थियो । उनले विद्यालयमा छात्रालाई तालिम दिनुपर्ने हो, तर अहिलेसम्म हुन सकेको छैन । उनले भनिन्, ‘विद्यालयमा व्यवस्थापनका लागि शौचालाय छैन, अनि कसरी दिनु तालिम ?’
जिल्ला शिक्षा कार्यालय बाजुराको तथ्याङ्कमा भने जनप्रकाश उमाविमा छात्रा शौचालय सञ्चालनमा रहेको देखिन्छ । दुईवटा छात्रा शौचालय निर्माणका लागि जिल्ला शिक्षा कार्यालय बाजुराबाट पैसा गइसकेको छ । तीन लाख ५० हजार एकपटक र दुई लाख ५० हजार एकपटक गरी दुईवटा शौचालयका लागि पैसा गएको जिल्ला शिक्षा कार्यालय बाजुराको तथ्याङ्कमा देखिन्छ ।
वर्षभरिमा महिनावारी हुने छात्रा कम्तीमा ३६ दिन विद्यालयमा अनुपस्थित हुने गरेको पाइएको छ
बाजुराका एक-दुईबाहेक अरू विद्यालयमा छात्रा शौचालय छैनन् । जिल्लामा मावि ४१ र उमावि १९ छन् । त्यसैगरी निमावि ६६ र प्रावि एक सय २३ गरी जम्मा दुई सय ४९ सामुदायिक विद्यालय छन् । धेरैमा छात्रा शौचालय नहुँदा उनीहरू विद्यालयमा नियमित नहुने जिल्ला शिक्षा कार्यालय बाजुराले जनाएको छ । प्रत्येक वर्ष छात्रा शौचालय निर्माण भइरहे पनि पानी अभाव र व्यवस्थापनका कारण प्रयोगविहीन हुने जिल्ला शिक्षा कार्यालय बाजुराका विद्यालय निरीक्षक धर्मराज जोशीले बताए । भगवती माविका शिक्षक डम्मर सिंह भन्छन्, ‘विद्यालयमा भएका शौचालय त प्रयोगविहीन छन् । छात्रा शौचालय त टाढाको विषय हो ।’
आर्थिक वर्ष ०७०/०७१ मा दुई लाख ५० हजारका दरले १६ विद्यालयमा छात्रा शौचालय निर्माणका लागि बजेट गएको थियो । त्यस्तै ०७१/०७२ मा चार लाखका दरले ४५ विद्यालयमा ४५ वटा छात्रा शौचालय र ०७२/०७३ मा ४ लाखका दरले सातवटा छात्रा शौचालय निर्माण गर्न जिल्ला शिक्षा कार्यालयले बजेट छुट्याएको थियो । ६८ विद्यालयमा छात्रा शौचालय बनेको तथ्याङ्क छ, तर विद्यालयमा गएर हेर्दा ती प्रयोगविहीन छन् । जस्तो कि भगवती मावि, सिगाडा मावि, शारदा मावि, त्रिभुवनेश्वरी उमावि, काँडा उमाविमा छात्रामैत्री शौचालय निर्माण भएका छन्, तर प्रयोगविहीन अवस्थामा छन् ।
विद्यालयमा छात्राको नियमित उपस्थिति गराउन छात्रामैत्री शौचालय निर्माण र व्यवस्थापन गर्न सरकारी तथा गैरसरकारी संस्थाले बजेट खर्चेको भए पनि त्यसअनुसार काम हुन नसकेको महिला अधिकार मञ्चकी अध्यक्ष रुखमणि शाहले बताइन् । शाहका भनाइमा महिनावारी भएको बेला विद्यालयमा उनीहरूलाई असहज वातावरण हुने भएकाले पढाइमा समेत बाधा हुने गरेको छ । वर्षभरिमा महिनावारी हुने छात्रा कम्तीमा ३६ दिन विद्यालयमा अनुपस्थित हुने गरेको पाइएको छ ।
जिल्लाका कुनै कुनै विद्यालयमा छात्रा शौचालय भए पनि धेरैमा यो सुविधा नभएको महिला तथा बालबालिका कार्यालयकी केशरी रोकायले बताइन् । छात्रामैत्री शौचालय नहुँदा उनीहरू विद्यालयमा नियमित नहुने, विद्यालयमा जान हिच्किचाउने गरेको रोकायाको भनाइ थियो । विद्यालयमा छात्रा शौचालय निर्माण गरिएका भए पनि पानी र नियमित व्यवस्थापनको अभावमा ती प्रयोगविहीन छन् ।
This is the site where you kind find All Kinds Of Popular Nepali Music Viddeo also We Publish All Popular News Published In All Over The World.
All Nepali Song Likely Lok, Aadhunik,pop, teej, dashin tihar song sings by nepali popular singer like Arun Thapa,Anju Panta
,Anil Singh, Amrit Gurung, Bhakta Raj Acharya, Bacchu Kailash, Babu Bogati,Bishnu Majhi, Bipul Chettri,Danny Denzongpa,Deep Shrestha,Devika Bandana,
Dharmaraj Thapa, Dhiraj Rai, Gopal Yonzon,Gyanu Rana,Hira Devi Waiba,Jhalak Man Gandarbha,Indira Joshi,Khem Raj Gurung,Karna Das
Kunti Moktan,Kamal Khatri ,Kuber Rai,Mausami Gurung,Manila Sotang,Mingma Sherpa,Milan Amatya,Narayan Gopal,Nima Rumba,Nirnaya Shrestha
Nabin K Bhattarai,Nalina Chitrakar,Nati Kaji,Om Bikram Bista,Phatteman Rajbhandari,Prem Dhoj Pradhan,Prakash Gurung,Prakash Shrestha
Phurba Sherpa,Prashant Tamang,Pradip Neupane,Raju Lama,Ram Krishna Dhakal,Rajesh Payal Rai,Sashi Rawal,Sugam Pokhare,Sabin Rai
Shambhu Rai,Seturam Shrestha,Sushma Shrestha,Sunita Dulal,Shiva Shankar,Sukmit Gurung,Tara Devi,Tilak Bam Malla,Udit Narayan,Zascha Moktan. These are the popular singer
of nepal. Listen Nepali Music and Downlad .Download Nepali MP3 Songs. The MP3s tunes accessible here are given by the craftsmen, music organizations and the proprietors of the melodies.
This is The large collection of Nepali Music listen and enjoy. Also We Have Online Radi Where you Can Listen Nepali Music Day and Night.This site are Specially Target To the People who
are going to the foreign Country to earn money or to get the higher education or for job purpose (pardesi). All Nepali Pardesi love the nepali Music, Nepali Lok Bhaka, Nepali Song,.
Nepali Music Is the Coplete site for all entertaintment purpose. all Nepali Short and News also taken.
Post a Comment