तीन दललाई बाबुरामको सुझावः मिलिजुली सरकार बनाएर भएपनि निकास देऊ

२४ सै घण्टा नया नया गीत सुन्नुहोस् र DOWNLOAD गर्नुहोस्

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले राष्ट्रिय सरकार गठन गरेर भएपनि मुलुकलाई निकास दिनु पर्ने बताएका छन् । Dr.-Baburam-Bhattaraiसंविधान जारी गर्नुअघि भएको सत्ता साझेदारी भत्किएपछि समस्या देखिएको भन्दै उनले भने, त्यसैले यो खेल मुद्धा भन्दा पनि तीन दलको सत्ता साझेदारी बढी हो ।’ उनले अघि भने, ‘प्रमुख राजनीतिक दलहरुले सत्ता साझेदारीको मुद्धालाई मिलाएर आवश्यक पर्छ भने सबै मिलेर मिलिजुली सरकार बनाएर जान पनि तयार हुनु भो भने यो मुद्दाको समाधान निस्कन्छ ।’ पार्टी केन्दि्रय कार्यालय बबरमहलमा सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले सहमतिबाटै मुलुकलाई निकास दिनुको विकल्प नरहेको बताए । सबै समुदायको भावनालाई सम्बोधन हुनेगरी सहमतिमा संविधान संशोधन गराएर अघि बढनुपर्ने र त्यसका लागि वार्ता र सम्वादमा जुट्नु पर्नेमा उनले जोड दिएका छन् । संयोजक भट्टराईले कांग्रेस, एमाले, माओवादी केन्द्र पुरानै संरचना अनुसार अघि बढन खोलेकाले पनि मुलुक अघि बढन नसकेको बताए ।
Share this video :

Post a Comment