२४ सै घण्टा नया नया गीत सुन्नुहोस् र DOWNLOAD गर्नुहोस्

प्रहरी महानिरीक्षक आइजिपी उपेन्द्रकान्त अर्यालले ३० वर्षे सेवा अवधि पूरा गरेर आउँदो फागुन १ गते अनिवार्य अवकाश पाउँदै हुनुछन् । महानिरीक्षक अर्यालसँगै उहाँकै व्याजी ११ जना प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी पनि ३० वर्षे सेवा अवधि पूरा गरेर फागुन १ गते अनिवार्य अवकाशमा जाँदैछन् । एआइजीहरु पनि आइजीसँगै घर फर्कने भएपछि प्रहरी उप महानिरीक्षक डिआइजी मध्येबाट एक जना आइजिपी बन्ने पक्का छ । आइजिपीको रेसमा अहिले चार जना डिआइजीबिच तिव्र प्रतिस्पर्धा छ । जसमा एक नम्बरमा केन्द्रिय अनुसन्धान व्यूरो सिआइबीका प्रमुख नवराज सिलवाल, दुई नम्बरमा महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रकाश अर्याल, तीन नम्बरमा लागु औषध नियन्त्रण व्यूरोका प्रमुख जयबहादुर चन्द र चार नम्बरमा प्रहरीको आतंकवाद हेर्ने विशेष व्यूरोका प्रमुख बमबहादुर भण्डारी मैदानमा छन् ।
यी चारै जना डिआइजी एउटै व्याजी हुन् । विस २०४४ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका चारै जना आफूलाई भावी आइजिपीको प्रमुख दाबेदार ठान्छन् । आइजिपीकै लागि उनीहरुले मिडियाबाजीसमेत गरेको भन्दै आइजिपी उपेन्द्रकान्त अर्यालले चारै जनालाई आफ्नो कार्यकक्षमा बोलाएर हप्काएकासमेत थिए । उनीहरुले एकअर्काविरुद्ध विभिन्न सञ्चार माध्यममा नकरात्मक कुुुरा लेख्न लगाउँदै अफवाह फैलाएको भन्दै आइजिपी अर्यालले त्यसो नगर्न र प्रहरी मर्यादालाई कायम गर्न आग्रह गरेका थिए ।
आइजिपी अर्यालले हप्काए पनि चारै जना डिआइजीबिच अहिले पनि भावी आइजिपी बन्नका लागि विभिन्न नेतालाई भेट्न प्रतिस्पर्धा हुने गरेको एक सुरक्षा अधिकारी बताउँछन् । नेताहरु पनि आउँदो संसदीय र स्थानीय निर्वाचनामा प्रहरीको प्रभाव ठूलो पर्ने भन्दै आफू अनकुलको आइजिपी बनाउने लविङमा व्यस्त छन् । प्रहरी प्रशासनलाई आफू अनुकल बनाएर चुनावी माहोल बनाउँदै संसदीय र स्थानीय निकायको चुनावमा पकड जमाउने दाउमा नेताहरु छन् । जसले गर्दा नेपाल प्रहरीको आइजिपी को बन्ने छ, अहिले यसै भन्न सक्ने अवस्था छैन । कानुनी प्रावधान अनुसार पनि चारै जना डिआइजी आइजिपी बन्न सक्छन् ।
कसले कस्तो गरेका छन् काम ?
प्रतिस्पर्धामा रहेका चारै जनाको डिआइजीको जिम्मेवारी पनि अहिले उस्तै प्रकारको छ । केन्द्रिय अनुसन्धान व्यूरो सम्हालेका नवराज सिलवाल वन्य जन्तु तस्करदेखि मानव तस्कर र एटिमएमबाट करोडौ ठग्ने विदेशी नागरिक र कल वाइपास गर्नेलाई पक्राउ गरेर चर्चामा हुनुहुन्छ ।
ट्राफिक प्रहरी महशाखाको जिम्ेवारी सम्हालेका प्रकाश अर्याल पनि ट्राफिक क्षेत्रमा नयाँ नयाँ काम गरेर चर्चामा छन् । उनले लेन मिच्नेलाई कारबाही गर्ने, गोप्रोबाट ट्राफिक नियममा कडाइ गर्नेदेखि गाडीबाट जथाभावी थुक्ने तथा फोहर फाल्ने र मालबाहक गाडीलाई अफिस समयमा चक्रपथ भित्र छिर्न नदिएर चर्चा कमाउनु भएको छ ।
आइजिपीको दाबेदारमा तेस्रो नम्बरमा रहेका लागु औषध व्यूरोका प्रमुख जयबहादुर चन्द पनि अन्तर्राष्ट्रिय लागु औषध तस्रकलाई एकपछि अर्को गरी पक्रदै चर्चामा छन् । खरो स्वभावमा उत्रने चन्दले एक महिना अघि ब्राजिलबाट नेपाल हुँदै हंङकङ भित्र्याउन लागेको तीन करोड रुपैयाँ बराबरको कोकिनसहित दुई जना मलेसियन नागरिक पक्रेर सफलता पाएका थिए ।
दाबेदार मध्येका चौथो नम्बरमा रहेका विशेष व्यूरो सम्हालेका बमबहादुर भण्डारीले पनि भूमिगत रुपमा आतंकवादी गतिविधि गर्दै आएको मंगोल मुलवासी राष्ट्रिय फोर्सका नाइकेसहित १३ जनालाई पक्राउ गरेको थियो । उनीहरुको विशेष व्यूरोले २ थान कटुवा पेस्तोल, २ थान रिभल्वर, १२ राउण्ड गोली, सैन्य दस्ता, कम्ब्याड ड्रेस र केही विष्फोटक पदार्थ समेत बरामद भएको छ । जसको प्रशंसा सर्वत्र भएको थियो ।
यसरी आफूलाई भावी आइजिपीको दाबेदार मान्ने चारै जनाले अहिले पाएको जिम्मेवारी पनि एकै प्रकारको र उनीको काम पनि सन्तोषजनकनै रहेको प्रहरीका उच्चपदस्थ अधिकारी बताउँछन् ।
यस्तो छ चार जनाको कनेक्सन्
आइजिपी बन्न चारै जनाले आफ्नो प्रयास जारी राखे पनि सिलवाल र चन्दबिच बढी प्रतिस्पर्धा हुने ठम्याइ छ प्रहरी प्रशासनलाई बुझेकाहरुको ।
डिआइजी सिलवालले दोलखा, तनहुँ, भक्तपुर, काठमाडौं जिल्लाको प्रमुख सम्हालेदेखि नै आफ्नो समूहभित्र भावी आइजिपीको दाबेदार बन्नुभएको थियो । काठमाडौंमा रहँदा चोरीको गाडी भन्सारमा बुझाउन र चोरलाई कानुनी दायरामा ल्याउने उहाँको अभियानको निकै चर्चा भएको थियो । डिआइजी सिलवाल एमाले नेता माधवकुमार नेपाल, वामदेव गौतम, माओवादी अध्यक्ष्य प्रचण्ड र राष्ट्रिय जनमोर्चाका चित्रबहादरु केसी निकट मानिनु हुन्छ । सिलवाल निकट मानिने प्रचण्ड यसबेला प्रधानमन्त्री भएकाले उहाँ आइजिपी बन्ने सम्भावना बलियो छ ।
डिआइजी प्रकाश अर्याल एमाले नेता युवराज ज्ञावाली र विष्णु पौडेल, शंकर पोखरेलसँग निकट मानिनु हुन्छ । वर्तमान आइजिपी अर्यालसँग पनि उहाँको सम्बन्ध राम्रो रहेकाले त्यो सम्बन्धले पनि उहाँलाई सजिलो हुने अनुमान छ ।
काभ्रे, रौतहट, पर्सा काठमाडौंको कमान्ड सम्हालेका चन्द पनि आफूलाई आइजिपीको प्रमुख दाबेदार ठान्नुहुन्छ ।
चन्द सुदूरपश्चिमको क्षेत्रीय प्रहरी प्रमुख हुँदा चलाएको बस्ती भेटघाट कार्यक्रम राष्ट्रियस्तरमै लोकप्रिय भएको थियो । डिआइजी चन्दको सुदूरपश्चिमका सबैजसो नेतासँग राम्रो सम्बन्ध छ ।
उहाँ एमालेका भीम रावल, माओवादी केन्द्रका शक्ति बस्नेत र लेखराज भट्टको नजिक मानिनु हुन्छ ।
त्यस्तै आतंकबादमा दख्खल डिआइजी बमबहादुर भण्डारीको नेताको पछि नलाग्ने डिआइजीमा गनिनु हुन्छ । प्रधानसेनापति राजेन्द्र क्षेत्री निकट मानिने उहाँको कांग्रेस नेता रामचन्द्र पौडेलसँग उहाँको राम्रो सम्बन्ध छ ।
चार जना मध्ये जो पनि बन्न सक्छन् आइजिपी
प्रहरी ऐन २०१२ को परिच्छेद २ को दफा ५ अनुसार प्रहरी प्रशासनको जिम्मेवारी प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षक र नेपाल सरकारले उपयुक्त सम्झेका नायब महानिरीक्षकको हुनेछ उल्लेखे छ । प्रहरी ऐन अनुसार नेपाल सरकारले नेपाल सरकारले उपयुक्त ठहरेको अहिलेका डिआइजी मध्येबाट एक जना आइजिपी बन्न सक्छन् ।
त्यस्तै प्रहरी नियमावली, २०७१ को परिच्छेद ४ को दफा ४१ अनुसार प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा प्रहरी अतिरिक्त महानिरीक्षकहरू मध्येबाट र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नभएको अवस्थामा प्रहरी नायव महानिरीक्षकहरू मध्येबाट जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यका आधारमा सरकारले उपयुक्त देखेको उम्मेद्वारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्ने भन्ने उल्लेख गरिएको छ ।
यसरी प्रहरी ऐन र नियमावली हेर्दा भावि आइजिपी बन्ने सम्भावना चारै जना डिआइजीको उत्तिकै देखिन्छ । सरकारले उपयुक्त ठानेको अवस्थामा चार जना मध्ये जोकोही पनि आइजिपी बन्न सक्छन् । साभार उज्यालो
This is the site where you kind find All Kinds Of Popular Nepali Music Viddeo also We Publish All Popular News Published In All Over The World.
All Nepali Song Likely Lok, Aadhunik,pop, teej, dashin tihar song sings by nepali popular singer like Arun Thapa,Anju Panta
,Anil Singh, Amrit Gurung, Bhakta Raj Acharya, Bacchu Kailash, Babu Bogati,Bishnu Majhi, Bipul Chettri,Danny Denzongpa,Deep Shrestha,Devika Bandana,
Dharmaraj Thapa, Dhiraj Rai, Gopal Yonzon,Gyanu Rana,Hira Devi Waiba,Jhalak Man Gandarbha,Indira Joshi,Khem Raj Gurung,Karna Das
Kunti Moktan,Kamal Khatri ,Kuber Rai,Mausami Gurung,Manila Sotang,Mingma Sherpa,Milan Amatya,Narayan Gopal,Nima Rumba,Nirnaya Shrestha
Nabin K Bhattarai,Nalina Chitrakar,Nati Kaji,Om Bikram Bista,Phatteman Rajbhandari,Prem Dhoj Pradhan,Prakash Gurung,Prakash Shrestha
Phurba Sherpa,Prashant Tamang,Pradip Neupane,Raju Lama,Ram Krishna Dhakal,Rajesh Payal Rai,Sashi Rawal,Sugam Pokhare,Sabin Rai
Shambhu Rai,Seturam Shrestha,Sushma Shrestha,Sunita Dulal,Shiva Shankar,Sukmit Gurung,Tara Devi,Tilak Bam Malla,Udit Narayan,Zascha Moktan. These are the popular singer
of nepal. Listen Nepali Music and Downlad .Download Nepali MP3 Songs. The MP3s tunes accessible here are given by the craftsmen, music organizations and the proprietors of the melodies.
This is The large collection of Nepali Music listen and enjoy. Also We Have Online Radi Where you Can Listen Nepali Music Day and Night.This site are Specially Target To the People who
are going to the foreign Country to earn money or to get the higher education or for job purpose (pardesi). All Nepali Pardesi love the nepali Music, Nepali Lok Bhaka, Nepali Song,.
Nepali Music Is the Coplete site for all entertaintment purpose. all Nepali Short and News also taken.
Post a Comment