२४ सै घण्टा नया नया गीत सुन्नुहोस् र DOWNLOAD गर्नुहोस्

नेपालको पहिलो कम्युनिष्ट सरकारका प्रधानमन्त्री मनमोहन अधिकारीले ०५१ मा राजा वीरेन्द्रको जन्मोत्सव सबैभन्दा भव्य र स्मरणीय रुपमा मनाएका थिए । सिद्धान्ततः साम्यवादी सरकारका लोकपि्रय प्रधानमन्त्रीले किन धुमधामसाथ तत्कालीन राजा वीरेन्द्रलाई जन्मोत्सवका मौकामा सम्मान गरे ?
जब कि त्यतिबेलासम्म राजा संवैधानिक बनिसकेका थिए भने ०४६ सालमा तिनै राजा नेतृत्वको पञ्चायतविरुद्ध संयुक्त संघर्ष गरेका तत्कालीन वाम मोर्चाका एक शीर्ष नेता थिए मनमोहन अधिकारी ।
राजा र साम्यवादी सत्तावीचको सहकार्य सामान्यतः अकल्पनीय रहे पनि नेपाली परिवशेमा त्यो अपवादको दुर्लभ ऐतिहासिक संयोगान्त यथार्थ थियो ।
यसको सीधा र सरल कारण थियो, राजा वीरेन्द्र यति उदार थिए कि आलोचकहरुलाई पनि आफ्नो प्रशंसक बनाउन सक्थे । जीवनभर राजाविरोधी आन्दोलन लडेका शिखर वाम पुरुष मनमोहनको पनि मन जित्ने क्षमता उनै राजा वीरेन्द्रमा थियो ।
सरकारका संवैधानिक सीमा र दायित्वका कारण मात्रै मनमोहन सरकारले वीरेन्द्रको जन्मोत्सव यादगार बनाएको थिएन, त्यो औपचारिक सरकारी सम्मान मात्रै नभएर राजा जनता मिलेको नयाँ सन्देश पनि थियो ।
एकाएक भूमिगत जीवनबाट ०४६ पछि सार्वजनिक राजनीतिमा उदाएका तत्कालीन माले हुँदै एमालेका महासचिव मदन भण्डारी त्यो कालखण्डका सर्वाधिक लोकप्रिय वाम नेता थिए ।
अमेरीकी म्यागेजिन न्यूज विकले नेपालः जहाँ मार्कस अझै जीवित छन भनेर दिएको उपमा होस् वा जनताले ०४८ को आम चुनावमा उनलाई दुई स्थानबाट तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई समेतलाई हराएर दिलाएको जितको साथ होस् । उनी अपार लोकपि्रयताका प्रमाण थिए ।
मदन भण्डारी तिनै एक ज्यूँदा वाम नेता थिए, जसले राजा वीरेन्द्रलाई श्रीपेच खोलेर चुनावमा आउन हाकाहाकी चुनौति दिएका थिए । तर, तिनै भण्डारी पटक-पटक राजालाई भेटेर फर्केपछि राजाका प्रशंसक बनेका थिए । उनले पार्टीको राजाविरोधी नीतिमा अल्पविराम राजा वीरेन्द्रको संगतपछि नै लगाउन थालेका थिए । यसको पनि कारण उही हो, वीरेन्द्र असल राजाको छविले नै आलोचकहरुको मन जितेर विश्वासिला बनिदिने खुुबीका राजा थिए ।
कांग्रेस र वाम मोर्चा नेतृत्वको ०४६ साले संयुक्त जनआन्दोलनमा खास ठूूलो जनधनको क्षतिबिनै प्रजातन्त्र पुर्नस्थापनाको घोषणा उनै राजा वीरेन्द्रले गरिदिए, जब कि त्यति छिटो र सहजै प्रजातन्त्र पुर्नस्थापित भैहाल्ने वा पञ्चायत बिदा भैहाल्नेमा तत्कालीन आन्दोलनकारी दलहरुमा नै विश्वास थिएन । यसले राजा वीरेन्द्रको लोकसम्मतिका आधारमा चल्ने शाहवंशीय परम्पराको निरन्तरताप्रतिको झुकावलाई दर्शाएको थियो ।
परिवर्तनका लागि जनता मर्नुहुन्न भन्ने वीरेन्द्र दृष्टिकै उपज थियो, थोरै क्षतिको त्यो धेरै राजनीतिक उपलव्धि, जसले उनको जनताप्रेमी धारणालाई व्यवहारमै उतारेको थियो । ०३६ को जनमत संग्रह होस् वा ०४६ को बहुदल घोषणा, ती वीरेन्द्रका प्रजातान्त्रिक निष्ठाका नमूना थिए ।
पञ्चायतको पतनपछि पुर्नस्थापित प्रजातन्त्रकालीन नेपालमा जति राजा बन्न पाए, त्यतिन्जेल व्यवस्था र संविधानका सीमा नाघ्ने प्रयाश कहिल्यै गरेन्न उनले ।
लेखकः सूर्य खड्कालेखकः सूर्य खड्का
विवादास्पद नागरिकता विधेयक संसदलाई फिर्त्ता गरिदिएर होस् वा संवैधानिक जटिलताका मुद्दा अदालततिर पठाइदिएर होस् प्रजातान्त्रिक छविमा कहिल्यै धुमिलपना आउन दिएनन् ।
सामान्यतः व्यवस्था परिवर्तनपछि आउने संक्रमण र सत्ताशक्ति संर्घषका अभ्यासमा विवादभन्दा माथि र अलग्गै रहे राजा वीरेन्द्र । प्रजातन्त्रका नाममा कांग्रेस-एमालेजस्ता परिवर्तनकामी शक्तिले भ्रष्टाचार, राजनीतिक अस्थिरता र दलतन्त्रको नयाँ राजा प्रवृत्ति नहुर्काएको भए ०५२ मा माओवादी जनयुद्ध नै सुुरु नहुन पनि सक्थ्यो । त्यो फरक पाटो हो ।
देशलाई शान्ति क्षेत्र घोषित गर्न वीरेन्द्रले लिएको नेतृत्व होस् वा शासन व्यवथाको समयानुकुल परिवर्तनमा उनले देखाएको उदारभाव, उनको व्यक्तित्वलाई सधै सगरमाथा बनाइरहने प्रसंगहरु हुन् यी ।
तर, अफसोच फरकमतका सबैलाई साथ लिएर चित्त बुुझाएर अघि बढ्न बढाउन सक्ने तिनै राजाको वंशै सखाप भएको पनि अहिले १५ वर्ष बितिसक्यो । क्यालेण्डरका पानाहरुमा जसै हरेक वर्ष १४ पुसको तिथि दोहोरिन्छ, उसैउसै संसारको सातो लिएको र जनजनको मन रोएको त्यही कालरात्री ०५८ जेठ १९ को त्रासदीले ठूलो जनमत स्तव्ध हुन्छ ।
असल कर्मभावले जो कोही पनि लोकपि्रयताको शिखरमा रहन सक्छ भन्ने उदाहरण बनेका राजा वीरेन्द्रको वंश विनासको हृदयविदारक बिदाइ जति अकल्पनीय रह्यो, उति नै अपुरणीय क्षति पनि ।
बाँचेका भए राजा वीरेन्द्र वा विनास नभएको भए उनको वंश के हुन्थ्यो ? यो प्रश्न अनुत्तरित नै छ । र, रहिरहनेछ शायद ।
तर, राजा वीरेन्द्रको त्यो वियोगान्त अन्त्यपछिका १५ वर्ष नेपालले कसरी गुजार्यो ? किन कोही यहाँ नयाँ वीरेन्द्र अवतार वा भुमिकामा उदाएनन् ? भएकै राजसंस्था पनि कसरी इतिहास बन्यो ? अनि अब कता जाँदैछ बाँकी नेपाल ? यी भने जनप्रेमी राजा वीरेन्द्रलाई शब्द श्रद्धा दिँदै गर्दा उनको पुुण्यतिथिमा समीक्षा गरिनै पर्ने अहं सवाल हुन् ।
दरबार हत्याकाण्ड छानविनको तरंग
संयोग नै हो, राजा वीरेन्द्रको वंश विनासको डेढ दशकपछि सरकारी स्तरबाटै दरबार हत्याकाण्डको पुनः छानविनाको तरंग आएको छ ।
birendra-familyती प्रजावत्सल राजाको अकाल हत्याको सत्यतथ्य खोजीका लागि यो तरंग उठिरहेको छ कि पूर्वराजा ज्ञानेन्द्रको पछिल्लो वक्तव्यको जवाफमा यो सवाल उठेको छ ? यो भने ध्यानपूर्वक सम्वद्ध सबै पक्षले विचार गर्नुपर्ने यक्ष प्रश्न हो ।
दरबार हत्याकाण्ड पुनः एकपटक होइन, सत्यतथ्य पत्ता लगाउने र दोषीलाई कारवाही गर्ने प्रयोजनका लागि सयौं पटक छानविन गरे पनि हुन्छ । यो हत्याकाण्डको पहिलो छानविनप्रति जनताको चित्त नबुुझेको सत्य साँचो हो ।
त्यसैले, यदि असल नियतले वर्तमान प्रधानमन्त्री प्रचण्ड यो हत्याकाण्ड छानविन गर्ने तयारीमा हुन् भने उनको आलोचना गरिरहनुुपर्दैन । तर, सरकारकोे नियतको स्पष्टता, विषय र समयको प्राथमिकता र जनताको असन्तुुष्टिको पारो जाँच गरेर सही कदम लिन सकेन भने यो छानविनको सवाल सरकारकै लागि आत्माघाती कदम हुने निश्चित छ । त्यसमा भने सरकारप्रमुख प्रचण्ड र उनको मन्त्रिमण्डल सस्तो लोकपि्रयताको छडीमा होइन, जनताको असली भावना प्रतिनिधित्व गर्ने कडीका रुपमा प्रस्तुुत हुन सक्नुुपर्छ ।
पूर्वराजा ज्ञानेन्द्र वा उनका कोही पनि समर्थकले पुनः छानविनको प्रसंगलाई हाउगुजी वा बदलाको तुुरुप मानेर तर्सनुु आवश्यक छैन । बरु, हृयाउ भएको सरकार हो भने यस्ता गम्भीर मुद्दामा कुरा मात्रै होइन, कामकाजी सिद्ध हुन सक्नुपर्छ ।
दरबार हत्याकाण्डको फेरि छानविन गर्ने मुद्दा नाङ्लो ठटाएर हात्ती तर्साउने रणनीतिक अस्त्र मात्रै बनाइने हो भने त्यो राजनीतिक भुल र पूर्वाग्रह मात्रै हुनेछ । त्यो प्रतिशोधी हर्कत सरकार वा तिनका दलका लागि नै प्रत्युतपादक हुनेछ ।
अप्रत्याशित मारिएका राजा र तिनका वंशको आत्मालाई न्याय दिने सफा प्रयास जनताको तहबाट सदा स्वागतयोग्य रहनेमा कसको दुुईमत होला र ?
देश खोजिरहेछ वीरेन्द्रहरु
मानव चोलाका राजा वीरेन्द्रको भौतिक अवसानपछि अब देशले त्यस्तै राजा पाउने आशा गर्नु व्यर्थ कल्पना हो । तापनि वीरेन्द्र जस्तै जनप्रेमी छविका राजनेता वा राजा वा अगुवाको खोजीमा देश अझै भौतारिइरहेको पनि वर्तमान यथार्थ हो ।
राजा वीरेन्द्रको हत्या अपुुरणीय क्षति हो भन्ने जनअनुुभूति उनीजस्तै असल शासकको अभावमा देश जकडिनुु परेको वर्तमानमा अझ बढी हुुनुु स्वाभाविक छ । अति नै राजनीतिकृत वर्तमान समाजमा कुनै पनि राजा महाराजाका असल कर्महरु यथार्थ पस्कँदा पनि नपचाउनेहरुका लागि त के नै भन्न सकिन्छ र । तर, बाँकी सामाजिक तप्का अहिले पनि वीरेन्द्रजस्तै राजा वा नेतृत्व खोजिरहेको छ ।birendra-family
जनताको ठूलो हिस्सा संगठित छैन । दल विशेषका हुलमण्डलीहरुलाई अपवाद मान्ने हो भने जनता व्यवस्था परिवर्तनका युगीन फड्कोबाट पनि सन्तुुष्ट छैनन् ।
देशको प्रगति र जनताको आर्थिक सम्वृद्धिका लागि राजा वीरेन्द्र प्रवृत्तिको भोक, प्यास र दौडमा अझै छ देश । अझै प्रतिक्षारत छन् जनता । राजा शक्तिले होइन असल कर्मले जो कोही बनुुन् भन्ने नै जनअपेक्षा हो ।
तर, यहाँ राजसंस्था नै अवैधानिक तवरमा किनारा लगाइएको वर्तमान जनताका लागि जति कष्टकर र पीडादायी बन्दै जान्छ, उति नै निख्खर अभाववोध भैरहन्छ राजा वीरेन्द्रको ।
देशबाट राजसंस्थाको बिदाइका अनेक पाटा होलान्, त्यो समीक्षाको फरक प्रसंग हो, तर वीरेन्द्रजस्तै जनमुखी र विकासप्रेमी नयाँ नेतृत्व भने जनअपेक्षा हो । त्यसैले इतिहासको सम्मान गर्न कसैले हिच्किचाउन जरुरी छैन ।
राजा वीरेन्द्रको स्वर्ण शासनका हर कुरा, प्रसंग बिर्साउने गरी दल र तिनका नेताहरुले कर्म गरे राजा वीरेन्द्रलाई धिक्कार गर्नुपर्नेछैन । आफै नयाँ राजा बनेकाहरुले नयाँ वीरेन्द्र बन्ने चौबाटोमै असफल शासनको तमाशा मात्रै देखाउने हो भने जनताले नयाँ वंश वीरेन्द्र नै पनि फर्काउन सक्छन् । जनचाहना र जनशक्तिको हेक्का नयाँ दलीय राजाहरुले राखेकै राम्रो हो ।
This is the site where you kind find All Kinds Of Popular Nepali Music Viddeo also We Publish All Popular News Published In All Over The World.
All Nepali Song Likely Lok, Aadhunik,pop, teej, dashin tihar song sings by nepali popular singer like Arun Thapa,Anju Panta
,Anil Singh, Amrit Gurung, Bhakta Raj Acharya, Bacchu Kailash, Babu Bogati,Bishnu Majhi, Bipul Chettri,Danny Denzongpa,Deep Shrestha,Devika Bandana,
Dharmaraj Thapa, Dhiraj Rai, Gopal Yonzon,Gyanu Rana,Hira Devi Waiba,Jhalak Man Gandarbha,Indira Joshi,Khem Raj Gurung,Karna Das
Kunti Moktan,Kamal Khatri ,Kuber Rai,Mausami Gurung,Manila Sotang,Mingma Sherpa,Milan Amatya,Narayan Gopal,Nima Rumba,Nirnaya Shrestha
Nabin K Bhattarai,Nalina Chitrakar,Nati Kaji,Om Bikram Bista,Phatteman Rajbhandari,Prem Dhoj Pradhan,Prakash Gurung,Prakash Shrestha
Phurba Sherpa,Prashant Tamang,Pradip Neupane,Raju Lama,Ram Krishna Dhakal,Rajesh Payal Rai,Sashi Rawal,Sugam Pokhare,Sabin Rai
Shambhu Rai,Seturam Shrestha,Sushma Shrestha,Sunita Dulal,Shiva Shankar,Sukmit Gurung,Tara Devi,Tilak Bam Malla,Udit Narayan,Zascha Moktan. These are the popular singer
of nepal. Listen Nepali Music and Downlad .Download Nepali MP3 Songs. The MP3s tunes accessible here are given by the craftsmen, music organizations and the proprietors of the melodies.
This is The large collection of Nepali Music listen and enjoy. Also We Have Online Radi Where you Can Listen Nepali Music Day and Night.This site are Specially Target To the People who
are going to the foreign Country to earn money or to get the higher education or for job purpose (pardesi). All Nepali Pardesi love the nepali Music, Nepali Lok Bhaka, Nepali Song,.
Nepali Music Is the Coplete site for all entertaintment purpose. all Nepali Short and News also taken.
Post a Comment