२४ सै घण्टा नया नया गीत सुन्नुहोस् र DOWNLOAD गर्नुहोस्

स्तो लाग्छ, भिसा लाग्ने हो भने नेपालको ढुंगा माटो पनि अमेरिका जाने तयारीमा छ । महाराजगन्जस्थित अमेरिकी दूतावास अगाडि केहीबेर बस्यो भने त्यहाँ भिसा पाउँदा खुसीले मात्तिने र अस्वीकृत हुँदा पीडामा आत्तिनेहरुको मनोदशा सहजै बुझ्न सकिन्छ ।
सम्बृद्ध जीवन र उज्यालो भविष्य खोज्दै अमेरिका जाने नेपालीबाट वर्षमा करोड होइन, अरबमा नेपाली रुपैयाँ अमेरिका पलायन हुने गरेको छ ।
तर, सबैका सपना पूरा हुँदैनन् । कतिपय होनहार नेपाली लास बनेर नेपाल फर्किने क्रम विगतको तुलनामा बढेको छ । अमेरिकामा मृत्यु हुने नेपालीहरुको संख्याले खाडी मुलुकको झल्को दिन थालेको छ ।
समिराका पतिको आत्महत्यादेखि, बाकसमा कैद सपनासम्म
मलाई याद छ सन् २००८ तिरको कुरा हो, अमेरिकामा अध्ययनका क्रममा रहेका आशिस भट्टराईको ग्यास स्टेसनमा काम गर्दा गर्दै एक लुटेराको गोली प्रहारबाट निधन भएको थियो । त्यो समाचारले केही टेलिभिजनमा प्राथमिकताका साथ स्थान पायो । त्यतिबेला अहिलेको भन्दा निकै कम संख्यामा नेपाली अमेरिकामा थिए । नेपालीमाथि गोली प्रहार र हत्या नौला विषय थिए ।
सायद त्यो घटनापछि आशिषको शव नेपाल पुग्यो पनि । तर, नेपालीको संख्या बढेसँगै अमेरिकामा मृत्युका यस्ता दुःखद खबर दिनहँुजसो आउने क्रम रोकिएको छैन । अझ यो हप्ता, र समग्रमा यो वर्ष मात्रै करिव एक दर्जन नेपालीहरुले अकल्पनीय मृत्युवरण गर्नुपरेको छ ।
करिव १८ महिना अगाडि टेक्सास डेन्टनकी समिरा शिवाकोटीले एक अश्वेत अमेरिकीको गोली प्रहारका कारण मृत्युवरण गर्न पुगिन् । सिवाकोटी अमेरिकामा आफ्ना परिवारका सदस्यसहित व्यापार गर्दै बसेकी थिइन् ।
samira-shiwakoti-455समिरा शिवाकोटी
आफ्नै व्यवसाय करिव २ वर्ष र तीन महिनाकी २ साना परीजस्ता छोरीहरु, सोचेको जस्तो उनको जीवन हेर्दा सुखद थियो । तर, सिवाकोटीलाई आफ्नै ग्यास स्टेसनमा काम गर्दागर्दै विनाकारण गोली प्रहार गरियो । सीसीटीभी फुटेजमा सिवाकोटी र ग्राहक बनेर आएका उनका हत्याराबीच कुनै बिवाद भएको पनि देखिँदैन । न त उक्त हत्या गर्ने व्यक्तिले पैसा वा सामान नै लुटेर लग्यो । तर, पनि उनको टाउको र छातीमै लाग्यो । ती तीन गोलीले उनको परिवार पूरै तहस-नहस गरिदियो ।
पत्नी वियोगमा जसोतसो छोरीहरुलाई रेखदेख गर्दै आएका सिवाकोटीका पतिले पीडा सहन नसकी केही महिना अगाडि मात्रै दुईजना काखे छोरीलाई टुहुरो बनाउँदै आत्महत्याको बाटो रोजे ।
समिराको परिवार अमेरिकामै भएको र उनका पतिका पनि सबै परिवार यतै भएकाले उनीहरुको दाहसंस्कार त अमेरिकामै गरियो, तर नेपाली समाजमा यो घटना थाहा पाउनेहरुका निम्ति अत्यन्तै पीडाको घटना बनेर रहेको छ ।
कुरा गत वर्षको हो, अमेरिका आएको करिव ७ महिनामात्रै भएको थियो, काठमाडौंका रुशल श्रेष्ठको । सुरुमा सागिना, मिचिगन आएका २० वर्षीय रुशल एक सेमेष्टरको पढाइ सकेर टेक्सास आएका थिए । भर्खर गाडी चलाउन सिकेका रुशल राति १० बजे साथीलाई काममा छोड्न जाँदा कहिल्यै नफर्किने गरी विदा भए ।
मेरै नजिक अपार्टमेन्टमा रहने रुशलको पीडामा विदेशमा रहेका थुप्रै नेपालीहरु एक भए । ०७२ साल बैशाख १२ को भूकम्पका सहयोगका निम्ति २४ घन्टामा उठेको भन्दा धेरै रकम रुशलको सहयोगका निम्ति नेपाली समाज टेक्सासको खातामा उठ्यो ।
नेपाली समाज टेक्सासले निकै तदारुकताका साथ उनको शवलाई नेपाल पठाउँदै संकलित रकम परिवारको सहयोगका निम्ति पठायो । त्यस बखत करिव ३३ हजार अमेरिकी डलर संकलन भएको थियो ।
rushal-shrestha-455रुशल श्रेष्ठ
परिवारका एक्ला छोरा रुशल बहिनीको सपना पूरा गर्नेबारे साथीहरुसँग कुरा गर्थे । अत्यन्तै मिजासिला उनको त्यो दिनको यात्रा नै अन्तिम बन्छ भन्ने कल्पना कसैलाई थिएन ।
रातिको समय मोवाइलमा बाटो नियाल्दै गाडी चलाएका श्रेष्ठले गल्तीले दाँया मोड्न पुगे तर त्यहाँ कुनै बाटो थिएन, पर्खालमा ठोक्किएर उनको गाडी सडकमा पछारिन पुग्यो र उनको घटनास्थलमै मृत्यु भयो ।
त्यो घटनामा थुप्रैका आँखा रसाए । शव पठाउन पनि हम्मे-हम्मे हुन्छ कि भनेको अवस्थामा २४ घण्टामै उठेको ३३ हजार डलरले शव त घर पठायो र केही भए पनि घरको आर्थिक बोझ त हल्का गरिदियो नै तर आफ्नो लक्काजवान छोरो शव बनेर काठको बाकसमा अमेरिकारबाट काठमाडौं आउँदा परिवारमा कस्तो हालत भयो होला ? अनुमान गर्न गाह्रो छैन ।
यो घटनापछि केही समय अमेरिकामा नेपालीहरु दुर्घटना परेका अन्य समाचार घटेका थिए । केही छिटफुट रुपमा अन्य तवरले मृत्युका समाचार आए पनि गत महिना नोभेम्वर ४ मा जर्जियामा भएको सवारी दुर्घटनामा एकै परिवारका चार जनाले ज्यान गुमाउन पुगे ।
यसै हप्ता मात्र तीन छुट्टाछुट्टै दुर्घटनामा चार नेपालीको मृत्युको खबर आयो । अमेरिकाको जर्जिया राज्यको जेर्फसन काउन्टीमा भएको दुर्घटनामा ४ को मृत्यु र १ घाइते भए । दुर्घटनामा गुल्मी घर भई काठमाडौं बस्ने चिरञ्जीवी खनाल, उनकी पत्नी श्यामा, बुहारी ऋचा खनाल पन्त र खनाल दम्पतीका छोरा समिरकी प्रेमिकाले ज्यान गुमाउनुपर्यो ।
यो घटनामा छोराहरु समिर र सुवास खनाल गम्भीर घाइते भए । जेर्फसन प्रहरीले विभिन्न सञ्चार माध्यमलाई दिएको अन्तवार्तामा घुमाउरो बाटोबाट हाइवेमा पस्ने क्रममा पछाडिबाट आएको गाडीले ठक्कर दिन पुगेको बताइएको छ ।
चालकले भित्री बाटोबाट हाइवेमा पस्ने क्रममा पछाडिबाट आइरहेको गाडीको गति मापन गर्न नसक्दा १८ चक्के ट्रकको ठक्करले दिएको थियो, जसले गर्दा गाडीको पछाडिको सीटमा रहेका सबैको मृत्यु भएको बताइएको छ ।
यो घटनाले नेपाली समाज फेरि पीडामा पुग्यो । कतिपयले आफन्त त, कतिले साथीका निम्ति सहयोग गुहारे । कतिपयले नचिने पनि नेपालीको नाता अनि मायाले सहयोग जुटाए त कतिले आँशु बगाए ।
त्यस्तै नोभेम्वर १६ को दिन नेपालमा रहेकी कल्पना कार्कीलाई पीडा बनेर आयो । एउटा अकल्पनीय समाचार जसमा भनिएको थियो, करिव ८ हजार माइल टाढाबाट, २० वर्षीया छोरी निशाको हृदयघातबाट निधन भयो । यो खबर कल्पनाका लागि जीवनकै सबैभन्दा नराम्रो दिन बनेर आयो । ११ महिना अघि निशालाई बाई भनेर नेपालबाट बिदा गरिदिएकी कल्पना एकल महिला थिइन् । उनले जसोतसो गरेर छोरीलाई हुर्काइन् अमेरिकाजस्तो देशमा पढ्न पठाइन् । अब छोरीले पढ्लिन् र सुखका दिन आउला भनेर कल्पनामा बसेकी कल्पना अहिले मर्माहत भएकी छिन् ।
mamta-kadelममता कँडेल
ओकलाहमा राज्यमा कलेजमा काम गर्दागर्दै ढलेकी निशाको उपचारका क्रममा मृत्यु भयो । जसरी पनि छोरीको शव हेर्ने कल्पनाको पुकार अमेरिका र अन्य देशमा रहेका सहयोगीको सहयोगबाट पूरा भयो ।
यस घटनामा पनि नेपाली समाज टेक्सासले अभिभावकत्वको भूमिका निर्वाह गर्दै करिव ३० हजार अमेरिकी डलर सहयोग संकलन गर्न सफल भयो । यो रकमले निशाको शव नेपाल पुग्यो र उनको अमेरिकासम्मको यात्रामा लागेको ऋण तिर्न कल्पनालाई केही सहयोग पक्कै गर्यो । तर, यसले उनको वियोगको घाउ पुरिने कुरै भएन ।
निशाको शव नेपाल पुगेको एक महिना नवित्दै अमेरिकाको वाशिंगटन राज्यमा भएको सवारी दुर्घटनामा २० वर्षीया नेपाली मूलकी छात्रा ममता कँडेलको मृत्यु भयो भने सुमित शाही र बिकास सिग्देल घाइते हुन पुगे । अहिले घाइते सबैको उपचार र ममताको शव नेपाल पठाउन सहयोग संकलन हुँदैछ ।
सडकमा जमेको हिऊँमा गाडी चिप्लिएकाले सवारी दुर्घटना भएको बुझिएको छ । नेपाल जान लागेका सुमित शाहीलाई विमानस्थल छोड्न जाने क्रममा भएको दुर्घटनामा ममताको निधन भएको थियो । ममता आफैं पनि डिसेम्बर २१ मा नेपाल फर्किने तयारीमा थिइन् ।
त्यस्तै सोही दिन नै फ्लोरिडामा भएको अर्काे सडक दुर्घटनामा २० वर्षीया अश्लेषा पण्डितको निधन हुन पुग्यो । घटनामा श्रद्धा सिंह ठकुरी घाइते भइन् ।
ashlesha-panditअश्लेषा पण्डित
अलबामा ट्रोय विश्वविद्यालयमा अध्ययनरत यी विद्यार्थीहरु परीक्षा सकेर फ्लोरिडा घुम्न गएका बेला सवारी दुर्घटनामा परेका हुन् । सडकमा बलेको रातो बत्तीमा सवारी नरोकी अगाडि बढेका उनीहरुको गाडी दुर्घटनामा परेको हो ।
उता डिसेम्बर १९ तारिखमा क्यालिफोर्नियाको स्यान डियागोमा नेपाली चेली सरिता शाक्यको सवारी दुर्घटनामा निधन भयो । मदिरा सेवन गरेर हाँकिएको अर्काे गाडीले शाक्यको गाडीलाई ठक्कर दिएको थियो । सरिता करिव १० वर्षदेखि अमेरिकामा बस्दै आएकी थिइन् ।
कुनै आफ्नै गल्तीले, कुनै अरुको गल्तीले
यी सबै दुर्घटना अकल्पनीय हुन् । सामान्य त हो भन्ने लापरवाहीले होस् वा नयाँ ठाउँको सडक र मौसमको भेउ नपाउँदा होस्, यस्ता दुर्घटनाले धेरै नेपालीहरुको ज्यानै लिने गरेको छ । नयाँ गाडी, युवा जोश अनि साथीसंगीका साथ तीव्र गतिमा हुइँकिने गाडीहरु पनि दुर्घटनाका कारण हुन् ।
कतिपय अवस्थामा आफ्नै कारणले त कहिले अर्काको लापरवाहीले लिने ज्यानको कुनै मूल्य छैन, भलै यी शवहरु नेपाल पुर्याउन ठूलो रकम र मेहनत त लाग्छ नै ।
केही समययता नेपालीको संख्या बढेसँगै यस्ता खबर पनि पक्कै बढेका छन् । नेपालमा बिगि्रएको आफ्नो सन्तान विदेश गए सुधि्रन्छ कि भन्ने सोचले थूप्रै आमाबुवाले थप पीडा भोगेका छन् ।
माथिका घटनामा कसैको प्रवृतिमाथि प्रश्न उठाइएको भने होइन । तर, विदेशमा पुग्दा र टेक्दासम्म पनि आफ्नो प्रवृतिमा परिवर्तन नगर्ने थुप्रैको बानीले पनि परिवारमा पीडा पक्कै दिएको छ ।
अमेरिकामा करिव १२ देखि १५ घण्टाको काम, युवा जोस र भोको पेट आफैमा मानिसको निम्ति कुनै दुर्घटनाको कारण बन्न पर्याप्त छन् । एकपछि अर्को दुर्घटनाले नेपाली समाज पीडामा पर्छ ।
अमेरिकाबाट कसैले १० डलर त कसैले १०० वा बढी नै सहयोग संकलन गर्दै शव नेपाल फिर्ता पनि पठाउँछन् तर त्यो शवसँगै चुँडिएका सपना अनि कतिपयको आशाको त्यान्द्रो रहेका बालबच्चामा त्यसरी पुग्नुको चोट वर्णन गर्न कुनै शव्दले पुग्दैन ।
सवारी अनुमतिविना सवारी चलाउने, विमा नगरी चलाइने गाडीहरु पछिल्लो समय नेपाली समाजमा थुप्रै छन् । फजुल काममा खर्चिने रकम पक्कै पनि यस्ता उपयोगी काममा खर्चिन कसैले हिच्किचाउनु हुँदैन । यसका लागि परिवारको पनि खबरदारी आवश्यक पक्कै रहन्छ ।
आफ्ना सन्तानलाई विदेशमै रहे पनि परिवारका लागि उसको जिम्मा र परिवारको चिन्ता स्पष्ट रुपमा जानकारी गराउनु पनि अति आवश्यक छ । नत्र काठको बाकसमा शव नेपाल भित्रिइरहनेछ यसैगरी ।
अरुलाई सहयोग माग्दैछु, कुन दिन मेरै माग्नुपर्ने हो
म अमेरिका आएको करिव दुई वर्ष पुग्न लाग्यो । अमेरिका नआउँदै पनि विश्वका विभिन्न मुलुकबाट करिव तीनवटा शव दैनिक नेपाल भित्रिन्छन् भन्दै समाचार बनाइने गरिन्थ्यो ।
नेपालबाट विभिन्न सपना अनि बाध्यताले विदेश भित्रनेहरु त्यसरी काठको बाकसमा नेपाल भित्रिँदा पक्कै पनि परिवारमा बज्रपात नै हुन्थ्यो । कतिपयको सर्वस्व नै सकिन्थ्यो । अलिअलि पलाएको आशा पनि निराशामा परिवर्तन त हुन्थ्यो नै, परिवारको सदस्य नै गुमाउँदाको पीडाले परिवारको जमीन हल्लाइदिन्थ्यो । कतिपयको खाडल कहिल्यै नपुरिने गरी भासिन्थ्यो ।
नेपालमा हुँदा समाचार मात्रै बनाएको म अमेरिका छिरेलगत्तै फरक परिवेशमा पुगेँ । केवल समाचार बनाउने म यहाँ आएपछि सहयोग संकलनका निम्ति प्रचार गर्नतिर लाग्नुपर्यो । विश्वका विभिन्न कुनामा रहेका साथीहरुलाई भन्नुपर्ने भयो, लौन फलानाको मृत्यु भएछ, शव नेपाल पठाउन सहयोग संकलन गरिदिनुपर्यो । अरु नसके पनि समाचार मात्रै बनाएर नै भए पनि एक नेपालीको शव उसको परिवारका अगाडि पुर्याइदिनुपर्यो ।
परदेशी भूमिमा मेरो निम्ति मात्रै होइन, हजारौं नेपालीका अगाडि यस्तो अवस्था आउने गरेको छ, आइरहेको छ । र, पक्का हो, आइरहनेछ । अहिले अरुको निम्ति सहयोग मागिएको छ, कहिले आफ्नै निम्ति अरुले सहयोग माग्नुपर्ने हो, ठेगान छैन ।
This is the site where you kind find All Kinds Of Popular Nepali Music Viddeo also We Publish All Popular News Published In All Over The World.
All Nepali Song Likely Lok, Aadhunik,pop, teej, dashin tihar song sings by nepali popular singer like Arun Thapa,Anju Panta
,Anil Singh, Amrit Gurung, Bhakta Raj Acharya, Bacchu Kailash, Babu Bogati,Bishnu Majhi, Bipul Chettri,Danny Denzongpa,Deep Shrestha,Devika Bandana,
Dharmaraj Thapa, Dhiraj Rai, Gopal Yonzon,Gyanu Rana,Hira Devi Waiba,Jhalak Man Gandarbha,Indira Joshi,Khem Raj Gurung,Karna Das
Kunti Moktan,Kamal Khatri ,Kuber Rai,Mausami Gurung,Manila Sotang,Mingma Sherpa,Milan Amatya,Narayan Gopal,Nima Rumba,Nirnaya Shrestha
Nabin K Bhattarai,Nalina Chitrakar,Nati Kaji,Om Bikram Bista,Phatteman Rajbhandari,Prem Dhoj Pradhan,Prakash Gurung,Prakash Shrestha
Phurba Sherpa,Prashant Tamang,Pradip Neupane,Raju Lama,Ram Krishna Dhakal,Rajesh Payal Rai,Sashi Rawal,Sugam Pokhare,Sabin Rai
Shambhu Rai,Seturam Shrestha,Sushma Shrestha,Sunita Dulal,Shiva Shankar,Sukmit Gurung,Tara Devi,Tilak Bam Malla,Udit Narayan,Zascha Moktan. These are the popular singer
of nepal. Listen Nepali Music and Downlad .Download Nepali MP3 Songs. The MP3s tunes accessible here are given by the craftsmen, music organizations and the proprietors of the melodies.
This is The large collection of Nepali Music listen and enjoy. Also We Have Online Radi Where you Can Listen Nepali Music Day and Night.This site are Specially Target To the People who
are going to the foreign Country to earn money or to get the higher education or for job purpose (pardesi). All Nepali Pardesi love the nepali Music, Nepali Lok Bhaka, Nepali Song,.
Nepali Music Is the Coplete site for all entertaintment purpose. all Nepali Short and News also taken.
Post a Comment