श्रीकृष्णको जन्मजयन्तीमा श्वेता खड्काको सामाजिक कार्य

२४ सै घण्टा नया नया गीत सुन्नुहोस् र DOWNLOAD गर्नुहोस्

अभिनेता श्रीकृष्ण श्रेष्ठको जन्मजयन्तीको अवसरमा अभिनेत्री श्वेता खड्काले ‘घर आँगन’ नामक संस्थाको भवन निर्माणका लागि आर्थिक सहयोग गरेकी छिन् । अनाथ तथा असहाय बालबालिकालाई आश्रय दिँदै आएको सो संस्थालाई उनले एक लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् । आफूले नै सञ्चालन गर्दै आएको काठमाडौँको राइजिङ मलमा रहेको हिमालयन जाभामा कार्यक्रम आयोजना गरि उनले संस्थाका सञ्चालक दीपक सिलवाललाई सहयोग स्वरुप उक्त चेक हस्तान्तरण गरेकी हुन् । b आफूले गरेको सहयोग आफ्नो स्व. पति श्रीकृष्ण श्रेष्ठको लागि उपहार भएको उनले बताइँन् । ‘उहाँले (स्व. पति श्रीकृष्ण) सधैँ आफ्नो जन्मदिनमा कहि कतै सहयोग गर्नुहुन्थ्यो । धन सबैसँग छ , सबैले राम्रो लगाएकै छौँ, मिठो खाएकै छौँ तर, नपाउनेलाई दिन मन चाहिन्छ । मसँग जति छ मलाई सधैँ अरुको सेवा गर्न पुगोस्’ श्वेताले भनिन् । घर आँगन संस्थाको भवन निर्माणमा आफूले जग हाल्न सहयोग गर्न पाउँदा खुसी लागेको उनले बताइन् । सोही कार्यक्रममा उपस्थित भएकी अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले श्वेतालाई धन्यवाद दिँदै भनिन् ‘उहाँले जग हाल्नलाई सहयोग गर्नु भएको छ । अब हामी मिलेर छत हाल्ने काम गर्ने छौँ । ’
Share this video :

Post a Comment