२४ सै घण्टा नया नया गीत सुन्नुहोस् र DOWNLOAD गर्नुहोस्

पूर्व पश्चिम राजमार्गलाई पाँच वर्षभित्र चार लेनको बनाउने गरी सडक स्तरोन्नतिको काम यसै आर्थिक वर्षबाट थाल्न लागिएको अधिकारीहरुले बताएका छन्।
मध्य नेपालको नारायणगढदेखि पश्चिमको बुटवलसम्म चार लेन बनाउन एसियाली विकास ब्याङ्कसँग सम्झौता भएपछि सडक निर्माण गर्ने कम्पनीको छनौट थालिएको सडक विभागले जनाएको छ।
पूर्वी नेपालको कांकडभिट्टादेखी पथलैयासम्मको सडक स्तरोन्नतिका लागि विश्व ब्याङ्कसँग कुरा भइरहेको बताइन्छ।
दशकौं अघि निर्माण भएको एक हजार किलोमिटर भन्दा लामो पूर्व-पश्चिम राजमार्ग कयौँ खण्ड साघुँरो बन्दै गएपछि सडक विस्तारको योजना अघि बढाइएको हो।
सरकारले पाँच वर्षभित्र उक्त सडकका अधिकांश खण्ड फराकिलो बनाउने लक्ष्य लिएको छ।
संकेत
दशकौं अघि निर्माण भएको साघुँरो पूर्व पश्चिम राजमार्गले विस्तारै कांचुली फेर्ने संकेतहरु देखिएका छन्।
नारायणगढदेखि बुटवलसम्मको १ सय १५ किलोमिटर सडकलाई चौडा गर्दै चार लेनको हुने गरी निर्माण प्रारम्भ गर्न निर्माण कम्पनीहरुबाट बोलपत्र आह्वान गरिएको छ।
सो सडक चौडा गर्ने जिम्मेवारी पाएको सडक विभागको आयोजना निर्देशनालयका इन्जिनियर प्रदीपराज शाक्यले सडक स्तरोन्नतिका लागि आह्वान गरिएका बोलपत्रबारे निर्णय गरी प्रकिया थाल्न अझै चार, पाँच महिना लाग्ने बताए।
हालै एसियाली विकास ब्याङ्कले नेपालको १६० किलोमिटर रणनैतिक तथा क्षेत्रीय सडक विस्तार गर्नका लागि १८ करोड अमेरिकी डलर ऋण दिने घोषणा गरेको थियो।
त्यो ऋणमध्ये करिब १९ अर्ब रुपैयाँको लागतमा बुटवल-नारायणगढ सडक खण्ड चौडा गर्न लागिएको इन्जिनियर शाक्यले बताए।
नारायणगढबाट दाउन्नेसम्म र दाउन्नेबाट बुटवलसम्म सडकको दायाँ बायाँ दुवैतर्फ दुई, दुई लेनको सडक बनाउन लागेका छौँ
प्रदीपराज शाक्य, इन्जिनियर, सडक विभाग
उनका अनुसार जेठसम्ममा निर्माण कम्पनी छनौट गरिसक्ने र निर्माणको काम दुई खण्डमा विभाजन गरेर अघि बढाउने योजना छ।
उनले भने, "नारायणगढबाट दाउन्नेसम्म र दाउन्नेबाट बुटवलसम्म सडकको दायाँ बायाँ दुवैतर्फ दुई, दुई लेनको सडक बनाउन लागेका छौँ।"
नवलपरासीको दाउन्ने पहाडी क्षेत्रमा भने प्राविधिक कठिनाइका कारण सो सडक तीन लेनको मात्र बनाउने सडक विभागको भनाइ छ।
सडक विस्तारको क्रममा साना पुलहरु भत्काएर नयाँ बनाउने र ठुला पुलहरु थप्ने योजना छ।
पूर्व-पश्चिम राजमार्ग
बेलैमा काम शुरु भए नारायणगढ-बुटवल खण्ड विस्तारको काम सक्न चार वर्ष लाग्ने अधिकारीहरुको भनाइ छ।
मेचीदेखि महाकाली जोड्ने पूर्व पश्चिम राजमार्गमा दैनिक हजारौं सवारी साधन आवतजावत गर्छन्।
लक्ष्य
सडक विभागका उपमहानिर्देशक संजय श्रेष्ठले पूर्व-पश्चिम राजमार्गका सबै खण्डलाई पाँच वर्षभित्रै चार लेनको बनाउने लक्ष्य राखिएको बताए।
उनले भने, "पूर्वको कांकडभिट्टादेखी पथलैयासम्म सडकलाई चार लेनको विस्तार गर्न विश्व ब्याङ्कसँग कुरा भइरहेको छ, विश्व ब्याङ्कले जति लगानी गर्छ त्यति नै रकम नेपाल सरकारले थपेर उक्त सडक विस्तार योजना अघि बढाउनेबारे हामी निरन्तर सम्वादमा छौँ।"
उनले दातृ निकाय इच्छुक नभए सरकार आफैले लगानी गरेरै भएपनि सडक विस्तारको कार्यलाई अघि बढाउने उल्लेख गरे।
विक्रम सम्वत २०१९ सालमा निर्माण शुरु गरिएको पूर्व पश्चिम राजमार्गको लम्बाई १, ०२८ किलोमिटर रहेको छ।
सवारी चाप बढेसँगै पूर्वको कांकडभिट्टादेखि पश्चिमको बुटवलसम्मको राजमार्ग खण्डलाई चार लेनको बनाउनु अनिवार्य भइसकेको प्राविधिक अध्ययनहरुले देखाएका छन्।
This is the site where you kind find All Kinds Of Popular Nepali Music Viddeo also We Publish All Popular News Published In All Over The World.
All Nepali Song Likely Lok, Aadhunik,pop, teej, dashin tihar song sings by nepali popular singer like Arun Thapa,Anju Panta
,Anil Singh, Amrit Gurung, Bhakta Raj Acharya, Bacchu Kailash, Babu Bogati,Bishnu Majhi, Bipul Chettri,Danny Denzongpa,Deep Shrestha,Devika Bandana,
Dharmaraj Thapa, Dhiraj Rai, Gopal Yonzon,Gyanu Rana,Hira Devi Waiba,Jhalak Man Gandarbha,Indira Joshi,Khem Raj Gurung,Karna Das
Kunti Moktan,Kamal Khatri ,Kuber Rai,Mausami Gurung,Manila Sotang,Mingma Sherpa,Milan Amatya,Narayan Gopal,Nima Rumba,Nirnaya Shrestha
Nabin K Bhattarai,Nalina Chitrakar,Nati Kaji,Om Bikram Bista,Phatteman Rajbhandari,Prem Dhoj Pradhan,Prakash Gurung,Prakash Shrestha
Phurba Sherpa,Prashant Tamang,Pradip Neupane,Raju Lama,Ram Krishna Dhakal,Rajesh Payal Rai,Sashi Rawal,Sugam Pokhare,Sabin Rai
Shambhu Rai,Seturam Shrestha,Sushma Shrestha,Sunita Dulal,Shiva Shankar,Sukmit Gurung,Tara Devi,Tilak Bam Malla,Udit Narayan,Zascha Moktan. These are the popular singer
of nepal. Listen Nepali Music and Downlad .Download Nepali MP3 Songs. The MP3s tunes accessible here are given by the craftsmen, music organizations and the proprietors of the melodies.
This is The large collection of Nepali Music listen and enjoy. Also We Have Online Radi Where you Can Listen Nepali Music Day and Night.This site are Specially Target To the People who
are going to the foreign Country to earn money or to get the higher education or for job purpose (pardesi). All Nepali Pardesi love the nepali Music, Nepali Lok Bhaka, Nepali Song,.
Nepali Music Is the Coplete site for all entertaintment purpose. all Nepali Short and News also taken.
Post a Comment